भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट

नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जको आकस्मिक कक्षमा कार्यरत हेल्थ अस्सिटेन्ट पदका पुबेन्द्र शाहीमााथि कुटपिट भएको छ ।

अस्पतालको कोभिड वार्डमा उपचाररत कोरोना संक्रमितका कुरुवा आएर शुक्रबार बिहान साढे ८ बजेको समयमा एक्कासी स्वास्थ्यकर्मीलाई कुटपिट गरेका हुन ।

भेरी अस्पतालले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै ३÷४ जनाको समूहमा आएका व्यक्तिहरुले स्वास्थ्यकर्मीलाई कुटपिट गरेको जनाएको छ । आफ्नो ज्यानको समेत परवाह नगरी स्वास्थ्यकर्मीले सेवा दिइरहेको अवस्थामा मनोबल उच्च बनाउनुपर्नेमा यसरी स्वास्थ्यकर्मीमाथि नै आक्रमणको घट्नाप्रति खेद व्यक्त गरेको छ ।

भेरी अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धिताल र समितिका सदस्य सचिव एव अस्पतालका मेडिकल सुपरिटेन्ड डा.प्रकाश थापाले अस्पतालले दोषीलाई कडा कारवाहीको माग समेत गर्नुभएको छ ।

यस्तै अस्पताल विकास समिति कर्मचारी युनियनका निवर्तमान सचिव विरेन्द्र गिरीले यसरी अस्पतालका स्वास्थ्यकर्मीमाथि विना कारण कुटपिट तथा आक्रमण गर्ने कार्य निन्दनिय भएकोले दोषीलाई कारवाहीको माग गर्नुभएको छ ।

Previous articleस्वाब दिन लाइनमा बस्दा बस्दै एक जनाको मृत्यु
Next articleखुल्ला क्षेत्रबाट भारत जाने-आउने क्रम निरन्तर !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here