चौरजहारी नगरपालिकाद्धारा उन्‍नत जातको कुखुराको चल्ला वितरण

रुकुम । चौरजहारी नगरपालिकाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रम अन्तरगत पोषण अवस्था सुधारका लागि हजार दिनका घर परिवारलाई ८ हप्ते उन्‍नत जातको कुखुराको चल्ला वितरण गरेको छ ।

नगरपालिकाको वडा नं १०, ११, १२, १३ र १४ मा रहेका हजार दिन तथा बिपन्‍न परिवार अन्‍तरगत सुनौलो हजार दिनका घर परिवार छनौट गरि प्रति परिवार ५ वटाका दरले १ सय ३० घर परिवारलाई ११ सय ५० र २० नमुना कृषक छनौट गरि प्रति परिवार १० का दरले २०० गरि कुल १३ सय ५० वटा चल्ला शनिबार वितरण गरेको हो ।

सुरुवातै अवस्थामा रहेको कुपोषणले भविष्यमा समेत निको नहुने खालको समस्याहरु समेत निम्त्याउन सक्ने र त्यसबाट सृजित कुपोषण चक्रले भविष्यको गरिवीलाई समेत निर्देशित गर्ने गर्दछ ।

बालवालिकाको पोषण स्थितिलाई आमाहरुको पोषण अवस्थाले पनि निर्धारण गर्ने गर्दछ । त्यसैकारण महिला तथा वालबालिकाको पोषण स्थितिमा सुधार गर्ने उद्देश्यले संघीय मामिला तथा सामान्य मन्त्रालय अन्तर्गत बहुक्षेत्रीय पोषण योजनाको २ लाख ७७ हजार ७ सय ७५ रुपैयाको आर्थिक सहयोग तथा चौरजहारी नगरपालिका बहुक्षेत्रीय पोषण योजनाको ८० हजार विनियोजित रकमबाट कुखुराको चल्ला वितरण गरेको जनाइएको छ ।

यस आर्थिक बर्षमा नगरभित्र बहुक्षेत्रीय पोषण योजना कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले २२ लाख ५३ हजार र चौरजहारी नगरपालिकाले ७ लाख ६० हजार रुपैया विनियोजन गरेको थियो ।

Previous articleसर्वसाधारणको लापरवाहीका कारण कोरोना फैलिएको प्रधानमन्त्री ओलीको आरोप
Next articleअसारमा डेढ लाख व्यक्तिमा कोरोना संक्रमण फैलिने प्रक्षेपण, नयाँ संक्रमित मध्ये १० % लाई अक्सिजनको आवश्यकता पर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here