
नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पताल परिसरमा संचालित अंजनी मता रसोई संचालनका लागि खजुरा गाउँपालिका वडा नं २ को पुल्चोक युवा संजाल सितापुरले आवश्यक खाद्यान्न सहयोग गरेको छ ।
संजालले भेरी अस्पतालमा रहेको विरामी र कुरुवालाई खाना, नास्ता, वेसार पानी, दुघ खुवाई राखेको अंजनी माता रसोईलाई आवश्यक केही मात्रामा खाद्यान्न सहयोग उपलब्ध गराएको छ ।
भेरी अस्पताल विकास समिति सदस्य सरस्वती मल्लको उपस्थितिमा आइतबार रसोई संचालनका लागि १०० केजी मसिनो चामल, २० केजी दाल, १० केजी खाने तेल, ५० केजी आलु र १० केजी नुन सहयोग गरेको हो ।
अंजनी माता रसोईले भेरी अस्पतालका विरामी र कुरुवालाई खानाका लागि कतै भौतारिनु नपर्ने र २० रुपैयामा भेटभरी खाना उपलब्ध गराउँदै आएको छ । कोरोनाका दोस्रो लहर शुरु भएपछि बन्द गरिएको रसोईलाई पुन समन्वय सहकार्य गर्दै संचालनमा ल्याइएको हो । रसोई संचालनका लागि सहयोग पनि आउन थालेको छ ।





