मेडिकल कलेजमा कोहलपुर पुग्यो लिक्विड अक्सिजन

नेपालगञ्ज । कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने लिक्विड अक्सिजन नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुगेको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका लागि लिक्विड अक्सिजन भारतको झारखण्डबाट नेपाल ल्याइएको नेकपा एमाले जिल्ला अध्यक्ष सुर्य ढकालले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ७ घण्टा पहिले बाँकेको कोहलपुरमा लिक्पिड अक्सिजन पुगिसकेको स्टाटस पोष्ट गरे पनि कोहलपुरमा दिउँसो ३ बजे लिक्पिड अक्सिजन बोकेको ट्याङ्कर पुगेको हो ।

लिक्विड अक्सिजनले कोभिड १९ का संक्रमितहरुको उपचारमा थप सहजता आउने छ ।

Previous articleअंजनी माता रसोईलाई पुल्चोक युवा क्लबको सहयोग
Next articleकोरोना संक्रमितका लागि पौष्टिक आहार सेवा शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here