करेन्ट लागेर किशोरीको मृत्यु

सांकेतिक तस्बिर

कञ्चनपुर । पुनर्वास नगरपालिका वडा नम्बर १ हेन्द्रबस्तीमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । आफ्नै पसलको सटर खोल्ने क्रममा करेन्ट लागेर १९ वर्षीया सरस्वती धामीको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले सटरमा तार सर्ट भएर करेन्ट प्रवाह भएको हुनसक्ने बताउनुभयो । शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको छ ।

Previous articleवार्षिक ५.६ प्रतिशतले लागु औषधका प्रयोगकर्ता बढ्दै, ४० प्रतिशत कारण बेरोजगारी
Next articleमंगलबार २०४ जनामा कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here