
काठमाण्डौं । नेपालमा मंगलबार थप २ सय ४ जना कोरोना भाइरसको संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् ।
योसहित हालसम्म कुल संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ । त्यस्तै २४ घण्टामा ६ सय ८८ जना कोरोनाबाट निको भई घर फर्किएका छन् । योसहित ७ हजार ४ सय ९९ जना निको भइ घर फर्किएका छन् ।
विगत २४ घण्टामा ६ हजार १ सय ३३ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म २ लाख ६१ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ४६ प्रतिशत निको भइ घर फर्किएको मन्त्रालयले जनाएको छ । हालसम्म ३५ जना कोरोनाबाट मृत्यु भएको तथ्यांक छ।





