राप्तीले बगाउँदा महिलाको ज्यान गयो

File Photo

दाङ । राप्ती नदीमा आएको बाढीले बगाउँदा देउखुरीमा एक महिलाको ज्यान गएको छ ।

राप्ती गाउँपालिका वडा नं ४ मौरीघाट निवासी ५२ वर्षीया बसन्ता गिरीको राप्ती नदीले बगाउदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बगेकी महिलाको शव झण्डै ११ किलोमिटर टाढा दुरीमा फेला परेको थियो ।

नदी तर्ने क्रममा महिलालाई बगाएको हुन सक्ने प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ।

Previous articleमंगलबार २०४ जनामा कोरोना पुष्टि
Next articleनेपालगञ्जमा खाना अभियान, पौष्टिक खाना महिला तथा बालबालिकाको आवश्यकता : वडाअध्यक्ष हमाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here