माइती नेपाल बर्दियाद्धारा स्वास्थय सामाग्री हस्तान्तरण

गुलरिया । बिश्वब्यापी रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोराना भाइरस कोभीड १९ को माहामारीबाट जोगिन बर्दियामा स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

माइती नेपाल बर्दियाले जिल्ला प्रहरी कार्यलय बर्दिया र गुलरिया नगरापालिकालाई मास्क र सेनिटाइजर प्रदान गरेको हो । उक्त सर्जिकल मास्क ७ सय थान, आधा लिटरको सेनिटाइजर १४ थान , फेस सिल्ड ६० थान र ग्लोब्स गुलरिया नगरपालिकाकी उपमेयर शुशिला गीरीलाई हस्तान्तरण गरिएको हो ।

यस्तै संक्रमण नियन्त्रण तथा रोकथामका लागि अग्रपंंक्तिमा खटिने सुरक्षाकर्मीहरुका लागि मास्क ३ सय थान, आधा लिटरको सेनिटाइजर ६ थान, फेस सिल्ड ४० थान गरि हातमा लगाउने ग्लोब्स (पञ्जा) समेत उपलब्ध गराइएको छ ।

माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालले बर्दियाका प्रमुख एवं प्रहरी उपरिक्षक इश्वर कार्कीलाई उक्त स्वास्थ्य समाग्री हस्तान्तरण गर्नुभएको थियो ।

स्वास्थ्य समाग्रीले सहयोग गरेको प्रति उपमेयर गिरी र प्रहरी प्रमुख कार्कीले माइती नेपाल बर्दियालाई धन्यवाद दिनुभयो ।

Previous articleयोजना तर्जुमा प्रकृया र नागरिक सहभागिता विषयक भर्चुअल सम्बाद
Next articleसाहु समाज युवा समितिद्धारा सुरक्षाकर्मीलाई मास्क, पानी र चाउचाउ बितरण (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here