साहु समाज युवा समितिद्धारा सुरक्षाकर्मीलाई मास्क, पानी र चाउचाउ बितरण (फोटो फिचर)

नेपालगञ्ज । साहु समाज युवा जिल्ला कार्य समिति नेपालगञ्जले सुरक्षाकर्मीलाई पानी, मास्क र चाउचाउ बितरण गरेको छ । साहु समाज युवा समिति बाँकेले बिहीबार नेपालगञ्जका बिभिन्न चोकहरुमा खटिएका सुरक्षाकर्मीलाई पानी, मास्क र चाउचाउ बितरण गरेको हो ।

सरकाले कोरोना नियन्त्रणका लागि लकडाउन गरेपछि सर्वसधारणका भिडभाड हुन नदिन चोक चोकमा तैनाथ प्रहरीलाई समाजले मानवीय कार्य अन्तर्गत सहयोग गरेको हो । युवा समितिका सहसचिव श्याम कुमार शाहुका अनुसार नेपालगञ्जको पुस्पलाल चोक, धाम्बोजी, बीपी चोक, सेतु बिक चोक, त्रिवेणी मोड, त्रिभुवन चोक, गणेशमान चौक, ट्राफिक चोक, चौलिक्का चोक, भन्सार, जमुनाहा चोकमा खटेका सुरक्षाकर्मीलाई उक्त कुराहरु बितरण गरिएको छ ।

यस्तै भेरी अस्पतालमा संचालित अञ्जनी माता रसोई घरलाई १७ पेटी पानी प्रदान गरिएको छ । रसोई घरले अस्पतालमा रहेका कोरोना भाइरसका बिरामी, कुरुवा र स्वास्थ्यकर्मीलाई निःशुल्क खाना उपलब्ध गराउँदै आएको छ ।

साहु समाज युवा समितिका अध्यक्षता राम किसान साहु, समाज मूल समितिका अध्यक्ष हंसराम साहु, युवा समितिका उपाध्यक्ष पावन शाहु, कोषाध्यक्ष पिन्टु साहु, सदस्य मनोज साहु, दिनेश साहु र सल्लाहकारहरु प्रदीप शाह र राम नरेश साहुको उपस्थिमा बितरण कार्यक्रम गरिएको थियो ।

Previous articleमाइती नेपाल बर्दियाद्धारा स्वास्थय सामाग्री हस्तान्तरण
Next articleएमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here