
नेपालगञ्ज । नेपाल शिक्षक महासंघ डुडुवा गाउँपालिका अध्यक्ष भुपेन्द्र रेग्मी (नारायण) ले बुवा आमाको जन्मदिनको अवसरमा भेरी अस्पतालस्थि अन्जनी माता रसोई घरलाई खाद्यान्न सहयोग प्रदान गर्नुभएको छ ।
अध्यक्ष रेग्मीको बुवा–आमाको जन्मदिनको अवसर पारी भेरी अस्पताल प्राङ्गणमा सञ्चालित अञ्जनी माता रसोई घरलाई शुक्रबार खाद्यान्न सहयोग गर्नुभएको हो ।
उहाँले आफै सबै सामानको जोहो गरेर भेरी अस्पताल परिसरमै रसोई घरका सञ्चालक जितेन्द्र सिंह ठाकुरलाई उक्त खाद्यान्न हस्तान्तरण गर्नुभएको छ ।
उहाँले १५० जनालाई निःशुल्क खाना खुवाउने बराबरको खाद्यान्न सहयोग गर्नुभएको हो । अध्यक्ष रेग्मीले यस महामारीको समयमा दिनरात खटिनेहरुका लागि केही सहयोग गर्नु सबैले सोच्न आवश्यक रहेको भन्दै सहयोग गर्न अनुरोध समेत गर्नुभएको छ ।
उहाँले रसोई घरलाई चामल ५० के.जी., दाल १० केजी, आलु, फर्सी, तेल लगायत ९ हजार ५ सय रुपैया बराबर खाद्यान्न रहेको छ । जन्मदिनको अवसरमा गर्नुभएको सहयोगका लागि धन्यवाद दिँदै रसोई घरका सञ्चालक ठाकुरले यस मानवता प्रेमी कार्यमा सहभागि हुन आम सर्वसाधरणलाई अनुरोध गर्नुभयो ।





