कोरोनाबाट काँग्रेस वडा सभापतिको निधन

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका वडा नं.९ का वडा सभापति लक्ष्मीप्रसाद बिष्टको निधन भएको छ । कोरोना भाइरसका कारण सभापति बिष्टको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा निधन भएको हो ।

बिष्टले बैशाख १५ गते पिसीआर परिक्षण गरी गर्दा संक्रमण पुष्टि भएपछि उनको स्वास्थ्य अवस्थामा समस्या आएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बैशाख २१ गते भर्ना गरिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।

फोकल पर्सन ओलीका अनुसार विष्टको बैशाख ३१ गते साँझ ७ः३० बजे निधन भएको छ । विष्टको निधनले काँग्रेसलाई क्षति भएको नेपाली काँग्रेस कोहलपुर नगर सचिव भूमबहादुर भण्डारीले बताउनुभयो ।

Previous articleचीनले पठाएको यान मङ्गल ग्रहमा अवतरण
Next articleअवधी पत्रकार संघका कुशल नेतृत्वकर्ता अस्ताए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here