अवधी पत्रकार संघका कुशल नेतृत्वकर्ता अस्ताए

नेपालगञ्ज । अवधी पत्रकार संघ नेपालले आफ्नो एक कुशल नेतृत्वकर्ता गुमाएको छ । कोरोनाका कारण संघ जिल्ला शाखा बाँकेका सहसचिव रईस शाहीको शनिबार मृत्यु भएको छ ।

लामो समयदेखि संचार संस्थामा आवद्ध रहनुभएका शाहीको शनिबार कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ निवासी ४४ वर्षीय शाहीलाई बैशाख १८ गते मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य समेत रहनुभएका शाहीको ९ वर्षीया छोरी र ४ वर्षको एक छोरा छन् । संघ बाँकेका शाखा र केन्द्रीय शाखाले शाहीको निधनप्रति श्रद्धान्जली व्यक्त गरेको छ । बाँकेका शाखा अध्यक्ष चन्द्रेश्वर त्रिपाठी र केन्द्रीय अध्यक्ष राकेश मिश्राले एक योद्धा गुमाएको साथै शाहको निधनको खबरले संघ स्तब्ध भएको जनाउनुभएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवसथापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार शाहीको शनिबार बिहान ८ बजे मृत्यु भएको हो । यो संगै बाके जिल्लाको मृत्यु हुने संख्या २३१ पुगेको छ ।

Previous articleकोरोनाबाट काँग्रेस वडा सभापतिको निधन
Next articleलुम्बिनी प्रदेशका सरकारी अस्पतालमा घट्यो पिसिआर परीक्षण शुल्क

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here