लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा घट्यो पिसिआर परीक्षण शुल्क

file photo

बुटवल । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको निर्देशनपछि लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा पिसिआर परीक्षण शुल्क घटाइएको छ।

यसअघि संघीय सरकारले गत माघ २८ गते सरकारी अस्पतालहरुमा पिसिआर परीक्षण गर्दा १ हजार मात्रै शुल्क लिने निर्णय गरेपनि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले भने विहिबारसम्म २ हजार रुपैयाँ शुल्क लिंदै आएको थियो ।

अस्पतालले पिसिआर परीक्षणको लागि आवश्यक किट खरिद, कर्मचारी व्यवस्थापन लगायतका लागि १ हजार रुपैयाँ शुल्कले अस्पताललाई आर्थिक रुपमा घाटा हुने भन्दै शुल्क घटाउन आलटाल गर्दै आएको थियो ।

परीक्षण शुल्क घटाएपछि अस्पताललाई पर्ने घाटाको रकम प्रदेश सरकारले उपलब्ध गराउने जनाएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री श्रेष्ठले शुल्क घटाउँदा अस्पताललाई पर्ने घाटा पूर्तिका लागि प्रदेश सरकारले सघाउने बताउँदै घटाएको शुल्क कार्यान्वयनलाई कडाइका साथ लागू गरिने बताउनुभयो ।

उहाँले सरकारको निर्णयको कार्यान्वयनमा अटेरी गर्नेलाई कारवाही गर्ने भन्दै घटाएको शुल्क लागू गर्न निर्देशन दिनुभएको छ । निजी प्रयोगशालालाई भने दुई हजार रुपैया नै कायम गरिएको छ ।

यसअघि कोरोना महामारी फैलिएपछि देशका विभिन्न सरकारी अस्पताल तथा निजी प्रयोगशालाका लागि ४ हजार ५ सय रुपैयाँ परीक्षण शुल्क तोकिएकोमा गत वर्ष भदौ २८ गते सरकारले शुल्क घटाएर २ हजार रुपैयाँ तय गरेको थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालले पनि गतवर्ष भदौ २८ गतेदेखि नै पिसिआर परीक्षण शुल्क दुई हजार लिन शुरु गरेको थियो ।

Previous articleअवधी पत्रकार संघका कुशल नेतृत्वकर्ता अस्ताए
Next articleअक्सिजन अभाव भएपछि कर्णाली प्रदेश अस्पतालले कोभिडका बिरामी भर्ना लिन छोड्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here