कर्णाली प्रदेश अस्पतालले जटिल अवस्थाका बिरामी मात्र भर्ना लिने

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतले जटिल अवस्थाका बिरामीलाई मात्र रिफर गर्न आग्रह गरेको छ ।

अक्सिजन अभाव देखाउँदै थप बिरामी भर्ना नलिने बताएको अस्पतालले शनिबार अर्को विज्ञप्ति जारी गर्दै जटिल प्रकारका बिरामी भए मात्र अस्पतालमा रिफर गर्न आग्रह गरेको हो ।

कोरोना संकट व्यवस्थापन समितिको बैठकले सामान्य संक्रमितलाई स्थानीय तहमै उपचार गर्ने र जटिल प्रकृतिका संक्रमितलाई मात्रै अस्पतालमा रिफर गर्ने सहमतिपछि अस्पताल थप संक्रमितलाई भर्ना लिन सहमत भएको बताएको छ ।

‘स्थानीय स्वास्थ्य संस्थाहरुबाट सम्भव हुनेसम्मको उपचार त्यहींबाट गर्नुहुन र त्यहाँ सम्भव नहुने अवस्थामा मात्र यस अस्पतालमा रिफर गरी पठाउनु हुन सबैमा अनुरोध गर्दछु,’ अस्पताल निर्देशक डा.डम्बर खड्काद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

शुक्रबार साँझ अस्पतालले एक विज्ञप्ति जारी गर्दै शनिबारबाट थप बिरामीलाई भर्ना लिन नसक्ने बताएको थियो । उक्त सूचना जारी गरेपछि सर्वसाधारणले अस्पताल प्रशासन र प्रदेश सरकारप्रति सामाजिक सञ्जालमा चर्को आक्रोश पोखेका थिए ।

अस्पतालले भने नेपालगञ्जबाट अक्सिजन आपूर्ति बन्द भएको भन्दै थप संक्रमितलाई भर्ना लिन नसक्ने जनाएको थियो ।

Previous articleबर्दियामा अक्सिजन बैंक संचालन
Next articleहाम्रो राधाकृष्ण सहकारीद्धारा ५०% अनुदानमा उन्नत बिउ बितरण शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here