कोभिड रोकथाम र नियन्त्रणमा नेपालगञ्जले गरेका मुख्य प्रयासहरु

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखिएको जनाएको छ । उपमहानगरपालिकाले आईतबार आयोजना गरेको पत्रकार भेटघाटमा मेयर डा. धवलशम्शेर राणाले यसपटक स्वास्थ्य उपचार र सेवामा बढि ध्यान दिइएको जानकारी दिनुभयो ।

उहाँले जिल्लाभरका अस्पतालहरुमा अक्सिजन अभाव हुन नदिन र अन्य उपचार व्यवस्थापनका लागि सहजिकरण गरिरहेको जानकारी दिनुभयो । आगामी दिनमा पनि कोभिड नियन्त्रण र रोकथामका लागि प्रभावकारी कार्यक्रम ल्याएर अघि बढ्ने योजना बनाएका छौं, उहाँले भन्नुभयो,–कोभिड विरुद्ध लड्न सबै पक्षबीच सहकार्य हुन जरुरी छ । उहाँले नगरभित्र सञ्चालित आईसोलेसनले अस्पताललाई सहयोग पुगेको बताउनुभयो ।

उपमेयर उमा थापा मगरले कोभिड रोकथाम नियन्त्रणका लागि नेपालगञ्जले सक्दो प्रयास जारी राखेको भन्दै नेपालगञ्जले गरिरहेका कार्यक्रमबारे जानकारी गराउनुभयो । प्रबक्ता प्रमोद रिजालले नेपालगञ्ज उपमहानगरपालिकासँगै वडास्तरबाट पनि प्रभावकारी कार्यक्रम भएको बताउनुभयो । पत्रकार भेटघाटमा वडा नम्बर २ का वडाध्यक्ष सुनील सिंह हमाल, वडा नम्बर १८ का वडाध्यक्ष दिपक वर्मा लगायतको सहभागिता थियो ।

Previous articleपछिल्ला तीन दिनमा नेपालमा कोरोना संक्रमित घटे, निको हुने बढे
Next articleमानवीय सेवामा समर्पित पाठक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here