मानवीय सेवामा समर्पित पाठक

नेपालगञ्ज । उद्योगी, व्यवसायीले आफनो फाइदा मात्र हेर्छन् भन्ने धारणा समाजमा व्याप्त छ तर कतिपय उद्योगी यस्ता पनि छन्, जसले मानवीय सेवामा आफुलाई समपर्ण पनि गरिरहेका छन् ।

कोरोना संक्रमितको प्रभावकारी उपचारमा अनिवार्य देखिएको अक्सिजन अभाव भइरहेका बेला सोको व्यवस्थापनमा सहयोग गर्नु आफैमा उच्च सेवाभाव हो ।

नेपालगञ्ज वडा न-१७ परसपुरस्थित एचओ अक्सिजन इण्डस्ट्रिजले भेरी अस्पतालका लागि हरेक शनिबार नि:शुल्क अक्सिजन सिलिण्डर सहयोग गर्दै आएको छ ।

वडा अध्यक्ष समेत रहनुभएका इण्डष्ट्रिजका सञ्चालक अजय पाठकले बैशाख १८ देखि जेठ १८ गते सम्म हरेक शनिबार ग्यास सिलिण्डर प्रदान गर्दै आउनु भएको छ ।

शनिबार अस्पतालमा खपत हुने सम्पूर्ण सिलिण्डर उद्योगले व्यर्हाेछ । दैनिक ५ सय सिलिण्डर भेरी अस्पताललाई उपलव्ध गराउदै आउनु भएका पाठकले ३ वटा शनिबार गरेर १ हजार १ सय ३३ वटा ग्यास सिलिण्डर निशुल्क सहयोग गरिसक्नु भएको छ ।

प्रति सिलिण्डर ७५० का दरले अहिलेसम्म ८ लाख ४९ हजार बराबरको सहयोग गरिसकिएको छ । सुर्य शक्तिसँगको सहकार्यमा दैनिक ९ सय सिलिण्डर उत्पदान भइरहेको पाठकले जनाउनु भयो ।

अक्सिजनको माग अत्यधिक, उत्पादन कम भइरहेका बेला व्यवसाय प्रवर्द्वन मात्र नभई विरामीको ज्यान जोगाउनु पर्छ भन्ने भावना जागृत भएर सक्दो सयोग गरिरहेको उहाँको भनाई छ ।

नेपालगञ्ज मेडिकल कलेजलाई ८०, बुटवल प्रादेशिक अस्पताललाई १००, दाङ १००, धनगढी र सुर्खेत ७०/७० वटा ग्यास सिलिण्डर पठाइदै आइएको छ ।

Previous articleकोभिड रोकथाम र नियन्त्रणमा नेपालगञ्जले गरेका मुख्य प्रयासहरु
Next articleबाँकेकाे निषेधाज्ञा जेष्ठ १० सम्म थपियाे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here