एम्बुलेन्स खरिदका लागि महासंघ कार्यसमितिले एक लाख जम्मा गर्ने

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको एम्बुलेन्स खरिदका लागि कार्यसमितिको तर्फबाट एक लाख रुपैया जम्मा गर्ने भएको छ ।

नेपाल पत्रकार महासंघ बाँकेले कोरोना महामारीलाई मध्यनजर राख्दै नेपाल पत्रकार महासंघ बाँके शाखाद्वारा पत्रकार तथा आम नागरिकलाई सर्वशुलभ रुपमा सेवा प्रदान गर्न एम्बुलेन्स खरिद गर्ने निर्णय गरिसकेको छ । शाखाको गत शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको थियो ।

एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गर्न पत्रकार, सञ्चारगृह, उद्योगी, व्यवसायी, समाजसेवी, सरकारी र गैरसरकारी निकाय सबैलाई बाँके शाखा सार्वजनिक रुपमा आव्हान गरेको छ ।

सार्वजनिक आव्हानसंगै एम्बुलेन्स खरिदका लागि सहयोग समेत जुटन थालेपछि कार्यसमितिले समेत आफ्नो व्यक्तिगत तर्फबाट एक लाख रुपैया जम्मा गर्ने सोमबार बाँके शाखा अध्यक्ष दामेदर भण्डारीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले निर्णय गरेको सचिव कमल डांगीले जानकारी दिनुभयो ।

मुनाफारहित सेवाभावले खरिद गर्न लागिएको एम्बुलेन्सको आर्थिक व्यवस्थापनका लागि उपाध्यक्ष संगीन शर्माको संयोजकत्वमा सात सदस्यीय ‘आर्थिक सहयोग संकलन समिति’ समेत गठन गरिएको छ ।

Previous articleबाँकेकाे निषेधाज्ञा जेष्ठ १० सम्म थपियाे
Next articleअवधी भाषी पत्रकारलाई माक्स र स्यानिटाईजर वितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here