अवधी भाषी पत्रकारलाई माक्स र स्यानिटाईजर वितरण

नेपालगन्ज । अवधी भाषी पत्रकारहरुमा अवधी पत्रकार संघ नेपालले स्वास्थ्य सामाग्री वितरण गरेको छ । यतिबेला सिंगो मुलुकको साथै बाँके जिल्ला पनि विशेष रुपले कोभिड–१९ बाट प्रभावित रहेको छ । यस समयमा अवधी भाषी पत्रकारहरु आफ्नो ज्यानको प्रवाह नगरी जोखिममा सञ्चार क्षेत्रमा कार्यरत रहेका छन् ।

कोभिड–१९ बाट बाँके जिल्लाका केही पत्रकार पनि संक्रमित रहेको बेला अवधी पत्रकार संघ नेपालले अवधी भाषी पत्रकारहरुको स्वास्थ्य सुरक्षाको लागि १ पाकेट मास्क र १ पिस सेनिटाईजर वितरण गरेको छ ।

अवधी भाषी पत्रकारहरुको लागि मास्क र सेनिटाईजर केन्द्रीय कार्यालय फुल्टेक्राबाट महासचिव गुरमुरत यादवमार्फत वितरण गरिएको छ । हालसम्म ४५ बढी अवधी भाषी पत्र कारहरुलाई मास्क र सेनिटाईजर वितरण गरिसकेको जिल्ला अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले बताउनुभयो ।

Previous articleएम्बुलेन्स खरिदका लागि महासंघ कार्यसमितिले एक लाख जम्मा गर्ने
Next articleमेडिकल कलेज कोहलपुरमा संक्रमितको आन्द्राको सफल शल्यक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here