कसौधन वैश्य समाज युवा मञ्चद्धारा राहत बितरण शुरु

नेपालगञ्ज । कसौधन वैश्य समाज युवा मञ्चले सामेबारदेखि नेपालगञ्जमा राहत बितरण शुरु गरेको छ । राहत बितरण कार्यको सोमबार नेपालगञ्जमा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको उपस्थितिमा शुरु गरेको हो ।

कोरोना भाईरसबाट संक्रमितको संख्या जिल्लामा बढ्दै गएपछि पटक पटक निषेधाज्ञा जारी गरिएका कारण मानिसलाई साँझ बिहानको छाक टार्न मुस्किल हुन थालेसंगै युवा मञ्चले त्यस्ता समस्यामा परेकाहरुलाई राहत बितरण कार्यक्रम शुरु गरेको छ ।

१ हजारका दरले १ सय १ जनालाई खाद्यान्नसहितको राहत बितरण शुरु गरेको युवा मञ्च बाँकेका अध्यक्ष आदित्य गुप्ताले जानकारी दिनुभयो । राहत बितरणका लागि मञ्चले बिपन्न परिवारको पहिचान गर्दे नामावली संकलन गरेको छ ।

वितरण कार्यक्रमको शुभारम्भ कार्यक्रममा प्रजिअ गेलालसंगै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख ओमबहादुर राना, कशौधन वैश्य समाज बाँकेका अध्यक्ष नन्दलाल वैश्य, लायन्स क्लब अफ नेपालगञ्ज अध्यक्ष घनश्याम वैश्य र युवा मञ्चका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Previous articleमेडिकल कलेज कोहलपुरमा संक्रमितको आन्द्राको सफल शल्यक्रिया
Next articleबर्दिया बाँसगढीमा निषेधाज्ञा उल्लंघन गर्नेलाई दुई घण्टा होल्ड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here