जोखिममा रिपोर्टिङ गर्ने पत्रकारलाई स्वास्थ्य सामग्री

नेपालगञ्ज । नयाँ भेरियन्टसहित दोस्रो चरणमा फैलिएको कोरोना महामारीको उच्च जोखिममा रहेका बाँकेका पत्रकारका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको छ।

समाजसेवी एवम् युवा ब्यवसायी विवेक राजभण्डारीले पत्रकारका लागि मास्क र सेनिटाइजर सहयोग गर्नुभएको हो । समाजसेवी राजभण्डारीले नेपाल प्रेस युनियन बाँकेलाई मंगलबार एक सय थान ‘एन–९५’ मास्क र ४० थान ह्याण्ड सेनिटाइजर हस्तान्तरण गर्नुभएको छ ।

समाजसेवी राजभण्डारीले यसअघि पत्रकार महासंघ बाँकेलाई पनि मास्क र सेनिटाइजर सहयोग गर्नुभएको थियो । महामारीमा जोखिम मोलेर पत्रकारले समाचार संकलन गरिरहेकाले स्वास्थ्य सामग्री सहयोग गरेको उहाँले बताउनुभयो ।

प्रेस युनियनलाई केही दिनअघि कांग्रेस बाँकेले पनि स्वास्थ्य सामग्री सहयोग गरेको थियो । सहयोग स्वरुप प्राप्त भएको सबै स्वास्थ्य सामग्रीलाई कोरोना महामारीमा जोखिम मोलेर फिल्डमा खटिएर काम गरिरहेका बाँकेका पत्रकारहरुलाई वितरण गरिने प्रेस युनियन बाँकेका सचिव विजय मल्लले बताउनुभयो ।

Previous articleवैश्य समाज बाँकेद्वारा रसोइ घरलाई खाद्यान्न प्रदान
Next articleमाइती नेपालले भेरी अस्पताललाई दियो स्वास्थ्य सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here