
नेपालगन्ज । कसौंधन वैश्य समाजको मूल कार्यसमिति, युवा तथा महिला मंच बाँके नेपालगन्जद्वारा अञ्जनी माता रसोइ घरलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ ।
भेरी हस्पिटल बाँकेको प्राङ्गणमा रहेकोे माता रसोइ घरलाई मंगलबार जेठको ठुलाे मंगलवार परेको दिनकाे अवसर पारेर रसोई घरमा सेवादार सुन्दरकाण्ड मित्र मण्डलका प्रमुख जितेन्द्र ठाकुरलाई मूल समितिको अध्यक्ष नन्दलाल वैश्यले खाद्य सामाग्री हस्तान्तरण गर्नुभएकाे हाे ।
खाद्य सामाग्री हस्तान्तरणको कार्यक्रममा भेरी अञ्चल अस्पतालको मेसु डा. प्रकाश थापा समेतको उपस्थितिमा रसोइ घरमा कार्यरत कर्मचारीहरुलाई राम नामको गम्छा ओढाएर सम्मान गरिएको छ।
रसोइ घरमा कार्यरत कर्मचारीहरुको उत्साह बढाउनका लागि सबैलाई कसौंधन वैश्य समाजले सम्मान गरेको अध्यक्ष वैश्यले बताउनुभयाे ।
यसैगरी सहयोग गरिएको खाद्यान्नमा मसिनो चावल, पच्चीस बोरी, अरहरकाे दाल दुई बोरी, सोयाबिन दुई वोरी, नुन दुई बोरी, आलू एक बोरा हस्तान्तरण गरिएको छ ।
सेवादार ठाकुरका अनुसार मंगलबारदेखि बिहान र साँझको खाना एउटै रेटमा अर्थात मात्र २० रुपैयाँमा नै खुवाउनको लागी समाजले आफुलाइ आग्रह गरेकोमा आग्रह स्वीकार गरेको छ ।
अञ्जनी माता रसोइ घरले कसौंधन वैश्य समाज परिवार बाँकेलाई धन्यवाद सहितको पत्र प्रदान गरेको छ ।





