
नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले निषेधाज्ञा उल्लघंन गर्नेहरुलाई भटाभट कारवाही गर्न शुरु गरेको छ ।
कोरोना भाइरसको कारण प्रशासनले नियन्त्रणका लागि जिल्लामा लगाएको निषेधाज्ञालाई उल्लंन नर्गन पटक पटक सूचना जारी भएपनि अटेरी गर्नेहरुलाई प्रहरीले ठाउँको ठाउँ कारवाही गर्न शुरु गरेको हो ।
प्रशासनले जारी गरेको निषेधाज्ञा अवज्ञा गर्ने ३१५ जना पैदल यात्रीलाई समेत कारवाही गरेको जनाएको छ । मंगलबार जिल्लाका बिभिन्न ठाउँहरुमा गरी २ सय जना पुरुष र १ सय १६ जना महिलालाई कारवाही गरेको हो ।
त्यस्तै ३ सय वटा मोटरसाईकललाई कारवाही गरिएको छ भने ३ सय ४ वटा अटो रिक्सालाई समेत जरिवाना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कारवाही भोग्नेहरुमा ३६ वटा ट्याक्टर, २० वटा पिकअप भ्यान, ११ वटा टिप्पर र १ सय २८ वटा साईकल यात्रीहरु समेत रहेका छन् ।
मंगलबार बिभिन्न स्थानहरुमा प्रहरीले कारवाही स्वरुप केही समय होल्ड गरेर सम्झाई बुझाई छाडेको जनाएको छ । साथै कारवाही गरिएका सवारी साधन मध्ये २२ वटा सवारी साधानको कारवाहीबाट ११ हजार जरिवाना तिराएको छ ।
देशभर कोरोना भाइरको नयाँ भेरिएन्ट सहितको सक्रमण तीव्र रुपमा फैलिएको र यसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले यही जेष्ठ ३ गते १० गतेसम्मका लागि जिल्लामा चोथौ पटक निषेधाज्ञा लगाएको छ ।







