
बाँके । बाँकेमा मास्क नलगाई घर बाहिर निस्कनेलाई कारवाही गरिने भएको छ । कोरोना भाइरसका संक्रमितहरु जिल्लामा शून्यमा पुग्ने क्रम बढ्दै गएपनि कोभिड–१९ को प्रभाव फैलन नदिनका लागि मास्क नलगाई घर बाहिर निस्कनेलाई कारवाही गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलद्धारा जारी सूचना अनुसार नेपाल सरकारद्धारा जारी बिभिन्न मितिका निर्देशनको बिपरित सामाजिक दुरी कायम नगर्ने, मास्क नै नलगाई घर बाहिर निस्कने, भिडभाड गर्ने प्रवृत्तिले कोभिड–१९ को जोखिम भयवाह हुने अवस्था बिद्यमान रहेकाले मास्क नलगाई निस्कनेलाई कारवाही गरिने भएको छ ।
यसरी मास्कको प्रयोग नै नगरी घर बाहिर निस्कनेलाई सय रुपैया जरिवाना गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।






