
नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष एवम महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाई कोरोना संक्रमणको चपेटा पर्नुभएको छ ।
केही दिनदेखि अस्वस्थ महसुस गरिरहेका उपाध्यक्ष चौलागाईले ५ गते भेरी अस्पताल नेपालगन्जमा पीसिआर जाँच गराएका थियो । भेरी अस्पतालमा जाँच गराएको पीसिआर परीक्षण नतिजामा पोजेटिभ आएको हो ।
उहाँका अनुसार स्वास्थ्य अवस्था सामान्य छ । कम्मर दुख्ने र आलस्य लाग्ने लक्षण छ । उहाँ अहिले होम आइसोलेसनमा नै बस्नुभएको छ । कोरोना पोजेटिभ पत्रकार चालागाईकी श्रीमतीले समेत कोराना आशंकामा बिहीबार पीसिआर जाँच गराएको र त्यसको रिर्पोट अझै नआएको उहाँले जानकारी दिनुभयो ।





