पत्रकार दुर्व्यवहार घट्ना प्रति महासंघद्धारा निन्दा

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य गोपाल भण्डारीलाई समाचार संकलनका भएको दुव्र्यवहारको घट्नाप्रति नेपाल पत्रकार महासंघले निन्दा गरेको छ ।

एंव एभिन्यूज टेलिभिजनका कपिलवस्तु सम्वाददाता समेत रहनुभएका भण्डारीलाई समाचार संकलनका क्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेबाट गरिएको दुर्व्यवहारको घटनाप्रति महासंघको ध्यानाकर्षण भएको जनाएको हो ।

जेठ ४ गते नागरिक समाजका तर्फबाट जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने क्रममा समाचार संकलनका लागि त्यहाँ पुगेका पत्रकार भण्डारीलाई प्रमुख जिल्ला अधिकारी पाण्डेले तस्बिर खिच्न रोक लगाउँदै दुर्व्यवहार गर्नुभएको थियो ।

सार्वजनिक निकायमा बसेका जिम्मेवार व्यक्तिबाट स्वतन्त्र रुपमा पेशागत कर्ममा जुटिरहेका पत्रकारमाथि दुर्व्यवहार गरिनु आफैंमा निन्दनीय र प्रेस विरोधी काम भएको पत्रकार महासंघका महासचिव रोसन पुरीद्धारा जारी गरिएको बिज्ञप्तिमा उल्लेख छ । साथै महासंघ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र यस्ता घटना नदो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

Previous articleपत्रकार महासंघ लुम्बिनीका उपाध्यक्ष चौलागाईलाई कोरोना पुष्टि
Next articleमेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here