गेरुवाद्धारा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री प्रदान

बर्दिया । गेरुवा ग्रामीण जागरण संघ, बर्दियाले जिल्लाका बिभिन्न स्वास्थ्य संस्थालाई स्वाथ्य सामाग्री प्रदान गरेको छ ।

कोरोना भाइरसको महामारी (कोभिड–१९) बाट सुरक्षित रहनका लागि बर्दियाका ३३ वटा स्वास्थ्य संस्थालाई सहयोग प्रदान शुरु गरेको हो ।

सोही क्रममा बुधबार स्वास्थ्य शाखा मथुरा, खैरापुर, मोहम्मदपुर, धधवारलाई स्वास्थ्य सामाग्री सहयोग प्रदान गरिएको गेरुवाकी कार्यसमिति सदस्य रिता थापा क्षेत्रीले जानकारी दिनुभयो ।

स्थानीय तहको समन्वयमा गेरुवाद्धारा जिल्लामा संचालित कोभिड–१९ प्रतिकार्य परियोेजना अन्तर्गत स्यानिटाईजर, पिपिई, मास्क, ग्लब्स लगायतका स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।

Previous articleमास्क नलगाउनेलाई सय रुपैया जरिवाना हुने
Next articleपौडी खेल्ने क्रममा १४ वर्षीया बालिका डुबेर बेपत्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here