
नेपालगन्ज । कोरोना भाईरस (कोभिड–१९) को संक्रमितहरुको लागि साँझा बिहान खानाको व्यवस्था गर्दै आईरहेको सुन्दर काण्ड मित्र मण्डलद्वारा सञ्चालित अन्जनी माता रसोई घरलाई मानवीय कार्यमा समर्पित सहयोगी हातहरुको सहयोगको क्रम जारी छ ।
“कुर्मी वर्मा सहयोगी हात बाँके” द्वारा अन्जनी माता रसोई घरलाई शुक्रबार खाद्यान्न सहयोग गरिएको जानकारी गराउँदै कुर्मी वर्मा समाजका अगुवा तथा समाजसेवी केशवराम बर्माले शक्रबारबाट अन्जनी माता रसोई घरलाई सहयोग गरी शुभारम्भ गरिएको छ । आउने दिनमा सहयोग कार्यलाई निरन्तरता दिंदै जाने बताउनुभयो ।
कुर्मी (वर्मा) सहयोगी हात बाँकेद्वारा जीरा मसिनो चामल ५ क्वीन्टल, अरहर दाल ५० किलो, पिठो ५० किलो, आलू १ क्वीन्टल, तोरीको तेल १० लिटर, आयोडिन नून २० पोका, गुड (भेली) ४० के.जी. र खानेपानी ५० पेटी रसोई घरलाई सहयोग गरिएको डा. कौशल कुमार वर्माले बताउनुभयो ।





