५० प्रतिशत अनुदानमा धानको विउ बितरण गर्दै नेपालगञ्ज

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रभित्रका किसानहरुलाई सहुलियत दरमा उन्नतजातको धानको विउ वितरण सुरु गरेको छ ।

उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको विउ वितरण कार्य सुरु गरेको छ । बिहिवारदेखि किसानलाई धानको विउ वितरण सुरु गरिएको हो । मेयर डा. धवलशम्शेर राणाले विहिबार सुभारम्भ गर्नुभएको कार्यक्रम केही दिनसम्म चल्ने छ । १५.७५ मेट्रिक टन धानको विउ वितरण गर्न लागिएको छ ।

५० प्रतिशत अनुदान प्राप्त गर्ने भएपछि धानको विउ लिन किसानहरुको लाम लागेको छ । किसानको आवश्यकता अनुसार कम्तिमा ३५ किलोको एक बोरी धानको विउ उपलब्ध गराउने गरिएको छ ।

राधा–४, रामधान, बहुगुणे–२ र सावा मन्सुरी सव वन गरि चार किसिमका धानका विउ वितरण भईरहेको उपमहानगरपालिकाले जनाएको छ ।

Previous articleमेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क
Next articleकुर्मी (वर्मा) सहयोगी हात बाँकेद्वारा अन्जनी माता रसोई घरलाई खाद्यान्न प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here