पौडी खेल्ने क्रममा १४ वर्षीया बालिका डुबेर बेपत्ता

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनार बुधबार साँझ नहरमा डुबेर बेपत्ता भएकी छन् ।

नहरमा पौडी खेल्ने क्रममा नेहा डुबेर बेपत्ता भएकी हुन् । नहरमा पानीको बहाव उच्च हुँदा पौडिने क्रममै डुबेको स्थानीय बासिन्दाले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बालिका नहरमा डुबेको जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली खोजबिनका लागि खटाइएको बताउनुभयाे ।

नहरमा पानीको बहाव उच्च भएकाले खोजबिनका लागि गाह्रो भएको उनले बताए । खोजीकार्य जारी रहे पनि बालिका अहिलेसम्म फेला पर्न सकेकी छैनन् ।

Previous articleगेरुवाद्धारा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री प्रदान
Next articleराजपा र सपा मिलेर बनेकाे जसपा पार्टी निर्वाचन आयोगमा दर्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here