
नेपालगन्ज । बाँके जिल्ला स्थित संयुक्त बजार अनुगमन टोलीले बिहीबार नेपालगन्जका विभिन्न कृषि बिउबिजन तथा औषधी पसलहरुको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा किसानहरुले प्रयोग गर्न नमिल्ने, म्याद सकिएका करिब ४४ हजार भन्दा बढी मुल्य बराबरको विभिन्न खाद्यान्न एवं तरकारीहरुको बिउबिजन नष्ट गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिनुभयो ।
बिहीबार भएको बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका नि. प्रमुख कृष्ण प्रसाद पौड्याल र सोही कार्यालयका सूचना अधिकारी चौलागाईं, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, कृषि ज्ञान केन्द्रका अधिकृत सकिल अहमद र दिनेश प्रसाद भट्टराई, औषधि व्यवस्था विभागका धन बहादुर बोहरा, अधिवक्ता एवं उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष वसन्त गौतम लगायतको सहभागिता रहेकोे थियो ।





