स्थापना दिवसमा सहकारीले बाड्यो कोभिड बिरामीलाई फलफूल

नेपालगञ्ज । माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था नेपालगन्जले आज कोभिड बिरामीलाई फलफूल तथा पौष्टिक पदार्थ चेवनप्रास बितरण गरेको छ। आफ्नो १० औं स्थापना दिवसको अबसरमा माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्थाले सो सामाग्री बितरण गरेको हो ।

नेपालगन्ज २० राँझास्थित ह्वाईट हाउस आइसोलेशन सहितका कोभिड बिरामीहरुलाई फलफुल र चवनप्रास प्रदान गरिएको छ । १०औं स्थापना दिवसको शुभ अवसरमा सम्पूर्ण शेयर सदस्य ,कर्मचारी,कार्यसमिति,लेखा तथा ऋण समितिका सदस्य हरूलाई हार्दिक बधाई तथा सबैमा मंगलमय शुभकामना व्यक्त गर्दै मनिकापुर स्थित ह्वाईट हाउस आइसोलेशन सेन्टरमा रहेका २६ जना कोभिड बिरामी र अन्य ठाउँको आइसोलेशनमा रहेका बिरामीहरू लाई सिघ्र स्वास्थ्य लाभको कामना सहित फलफूल चवनप्रास सहितको समाग्री बितरण गरिएको संस्थाका अध्यक्ष रसिद अहमद कुरेशीले जानकारी दिनु भयो ।

कार्यक्रममा सचिब बदरुद्दुजा खाँ, प्रबन्धक अम्बिका काफ्ले लगायतले सो सामाग्री बितरण गरेको बताइएको छ ।

Previous articleम्याद सकिएका ४४ हजार बढिकाे खाद्यान्न एवं बिउबिजन नष्ट
Next articleभेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि दोस्रो पटक आक्रमण, ३ जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here