स्वास्थ्यकर्मीद्धारा बिहानैदेखि प्रदर्शन, दोषीलाई उन्मुक्ती दिए कडा आन्दोलन गर्ने १५ संगठनको चेतावनी

नेपालगञ्ज । बाँकेमा क्रियाशिल १५ वटा स्वास्थ्य संगठनहरुले भेरी अस्पताल नेपालगञ्जमा भएको आक्रमणको घटनाको भत्र्सना गरेका छन ।

शुक्रबार बिहान संयुक्त विज्ञप्ती जारी गर्दै १५ वटा स्वास्थ्य संगठनहरुले घटनामा संलग्नलाई कडा कारबाहीको माग समेत गरेका छन ।

बारम्बार अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण हुने गरेको भएपनि सुरक्षाको व्यवस्था नभएका कारण शुक्रबार फेरि स्वास्थ्यकर्मीमाथि आक्रमण भएको भन्दै संगठनहरुले दोषीलाई कडा करावाहीको माग गरेका हुन ।

उनीहरुले दोषीलाई कारवाही नभए आफुहरु आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुने हुने जारी गरिएको विज्ञप्तीमा उल्लेख छ । यस्तै दोषीलाई कारवाहीको माग गर्दै भेरी अस्पताल नेपालगञ्ज परिसरमा बिहानैदेखि स्वास्थ्यकर्मीहरुले प्रदार्शन गरिरहेका छन् ।

Previous articleस्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही गरिने : मुख्यमन्त्री पोखरेल
Next articleकिसानहरुको समस्या समाधान गर्न कृषि मन्त्रीलाई ज्ञापन पत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here