स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही गरिने : मुख्यमन्त्री पोखरेल

नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणका घटनामा निष्पक्ष छानविन गरि दोषीलाई कारवाही गरिने बताउनुभएको छ ।

शुक्रबार बिहान ट्वीट गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ । निष्पक्ष छानविन गरी दोषीमाथि कारवाही हुनेछ ।’

बिहीबार बेलुकी ८ बजे कोरोना संक्रमित बिरामीको मृत्युपछि उनका आफन्तले डाक्टर र नर्समाथि कुटपिट गर्दै अस्पताल तोडफोड गरेका थिए । घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावत लगायत ३ जना संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

रावतका दाइ तुलसीपुर उपमहानगर ११ का ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा मृत्यु भएको थियो। उनलाई कोरोना देखिएको थियो । उनीहरूले आइसियू कक्षमै डाक्टर र नर्समाथि आक्रमण गरेका थिए ।

Previous articleबाँकेका डाक्टर र नर्समाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न देउवा र प्रचण्डको माग
Next articleस्वास्थ्यकर्मीद्धारा बिहानैदेखि प्रदर्शन, दोषीलाई उन्मुक्ती दिए कडा आन्दोलन गर्ने १५ संगठनको चेतावनी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here