स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारवाही गर्न पाँच दलको माग

नेपालगन्ज । स्वास्थ्यकर्मीमाथिको आक्रमण निन्दनीय भएको भन्दै बाँकेका पाँच दलले संलग्नहरुलाई कारबाही गर्न माग गरेको छ ।

शुक्रबार पाँच वटै दलका नेताहरुले संयुक्त रुपमा संलग्नलाई कारवाहीको माग गरेको हो । नेपाली काँग्रेस बाँकेका सचिव तप्त पौडेल, नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष आइपी खरेल, नेकपा एमाले बाँके सचिव रत्न खत्री, जनता समाजबादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दिन राई र राष्ट्रिय जनमोर्चा बाँकेका उपाध्यक्ष जगदीश ढकालले संयुक्त रुपमा दोषीलाई कारवाहीको माग गर्नुभएको हो ।

Previous article‘विकल्प नै नभएपछि झ्यालबाट हाम फाल्न बाध्य भयौं’
Next articleअनुचित कार्य गर्ने दुई पसललाई २५ हजार जरिवाना, १७ हजारको बस्तु नष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here