नेपालगञ्जमा कोरेक्स सहित तीन जना पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले लागु औषध कोरेक्स सहित तीन जनालाई पक्राउ गरेको छ । बाँके प्रहरीको टोलीले नेपालगञ्ज डुडुवा गाउँपालिका वडा नं ६ हिरमिनियाका १८ वर्षीय अशोक कुमार यादव र १९ वर्षीय सराफत शेखलाई कोरेक्ससहित पक्राउ गरेको हो ।

उनीहरुलाई १ सय ७ ओटा लागु औषध कोरेक्स सहित सोमबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

नेपालगञ्ज उपमहागरपालिका वडा न १४ बाबुगाउँ नेपालगञ्ज ल्याउने क्रममा विशेष सूचनाको आधारमा प्रहरी टोलीले चेकजाँचका क्रममा दुई जनालाई पक्राउ गरेको छ भने थप एक जनालाई अनुसन्धानका क्रममा पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको बयानको आधारमा मिलोमतो रहेको भज्जीपुर्वाका ४६ वर्षीय देवी बनिया पनि पक्राउ गरि अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Previous articleलागु औषध मुद्दाका फरार एक पक्राउ
Next articleसंक्रमित परिवारभन्दा अन्य बिरामीको सेवामा सक्रिय डा.श्रेष्ठ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here