लागु औषध मुद्दाका फरार एक पक्राउ

नेपालगञ्ज । लागु औषध मुद्दाका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लागु औषध मुद्दाका फरार खजुरा गाउँपालिका वडा नं २ का १९ बर्षीय दिपक थापालाई मंगलबार फक्रा गरिएको हो ।

थापालाई एक महिनाको सजाय तोकिएको थियो । तर उनी फरार भएका थिए । जिल्ला अदालत बाँकेले २०७७ पुष २ गतेको फैसलाले १ महिना ४ दिन कैद तोकिएको थियो ।

पक्राउ परेका थापालाई आवश्यक कारवाहीको लागि अदालत बुझाइएको छ । जिल्लामा हालसम्म ५ सय ८४ जना फरार अभियुक्त पक्राउ परिसकेका छन ।

Previous articleगेरुवाले प्रदान गर्यो ६ लाख बराबरको स्वास्थ्य सामग्री
Next articleनेपालगञ्जमा कोरेक्स सहित तीन जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here