सुआहारा मार्फत स्वास्थ्य सुरक्षाका सामाग्रीहरु प्रदान

नेपालगञ्ज । कोरोना भाइरस रोकथामका लागि यू एस ए आइ डीको आर्थिक सहयोग, हेलेन केलर इन्टरनेशनलको व्यवस्थापन र नेपाल सरकारको समन्वयमा संचालित सुआहारा परियोजना मार्फत स्वास्थ्य सम्बन्धि आधारभुत स्वास्थ्य सुरक्षाका सामाग्रीहरु प्रदान गरिएको छ ।

परियोजनाले बाँके जिल्लास्थित सबै स्वास्थ्य संस्थालाई सर्जिकल मास्क, स्यानिटाइजर र पीपीइ सेटसहितको स्वास्थ्य सामाग्रीहरु बितरण गरिएको सुआहारा कार्यक्रम २ बाँकेका कार्यक्रम संयोजक बिकास रोकयाले जानकारी दिनुभयो ।

परियोजनाले कोरोना भाइरस (कोभिड-१९) को महामारीको बिकरात समयमा कार्यक्षेत्रमा अग्रभागमा रहेर स्वास्थ्य र पोषणको क्षेत्रमा काम गर्दै आएका स्थानीय तहका स्वास्थ्यकर्मीहरु र महिला समुदयिक स्वयंसेविकाहरुलाई स्वास्थ्य सामाग्री बितरण गरिरहेको जनाएको छ ।

परियोजनाको स्थानीय साझेदार संस्था भेरी वातावरणीय विशिष्टता समुह (बी-ग्रुप) ले बाँकेका सम्बन्धित स्थानीय तहहरुसँगको समन्वयमा स्वास्थ्य सामाग्री बितरण गरेको छ ।

स्वास्थ्य र पोषणका सेवाहरुलाई लक्षित समूहसम्म सुरक्षित तरिकाले पुर्याउन एकदमै आवश्यक रहेको भन्दै परियोजनाका कार्यक्रम संयोजक बिकाश रोकायाले स्वास्थ्यकर्मी र महिला समुदयिक स्वाथ्य स्वयंसेविकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न लागिएको बताउनुभयो ।यसैबीच एकिकृत पोषणको क्षेत्रमा काम गरिरहेको सुआहारा परियोजनाले स्थानीय एफएम स्टेशनहरुबाट कोभिड १९ सम्बन्धि सचेतनामुलक रेडियो संचार अभियान संचालन गरिरहेको छ ।

बाँके जिल्लाका घरधुरीहरुमा पोषण तथा कोभिड-१९ सम्बन्धि सन्देशमुलक सन्देशसहित दैनिक टेलिफोन परामर्श गर्ने काम भईरहेको रोकायाले बताउनुभयो ।

लक्षण चिन्ह लेखिएका व्यक्तिको पीसीआर जाँच गर्न सम्बधित ठाउँमा जान सल्लाह दिदै आएको छ । कोभिड-१९ पोजेटिभ देखिएका व्यक्तिलाई स्वास्थ्य केन्द्रसम्म पुर्याउन र फोन सम्पर्क गर्न सजिलो भएको स्वास्थ्यकर्मीको भनाई छ ।

यसैगरी परियोजनाले बर्दिया र दाङ्गका सम्पुर्ण स्वास्थ्य संस्था र महिला समुदयिक स्वाथ्य स्वंसेविकालाई सर्जिकल मास्क, स्यानिटाइजर र पीपीइ सेट लगायतका स्वास्थ्य सामाग्रीहरु बितरण गरेको छ ।

Previous articleएम्बुलेन्स खरिद गर्न अन्सारीले दिए पत्रकार महासंघलाई एघार हजार
Next articleस्वास्थ्यकर्मी कुटपिट घट्नाकाे प्रतिवेदन सार्वजनिक (हेर्नुस् के के छ प्रतिवेदनमा ?)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here