
नेपालगञ्ज । भेरी अस्पतालका स्वास्थ्यकर्मी माथि भएकाे आक्रमण घट्नाकाे प्रतिवेदन सार्वजनिक गरिएको छ ।
प्रतिवेदनमा २५ बुँदामा कमि कमजाेरी औंल्याईएकाे छ ।
छानविन समितिको प्रतिबेदन सार्वजानिक गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रतिबेदनमा घटना सुनियोजित नभई आफन्तको मृत्यु पश्चात तत्कालै आएको आवेगका कारण घट्ना भएको निष्कर्ष निकालिएको छ ।









