नेपालगञ्जको एक मिलमा मेसिन पटकिँदा एक जनाको मृत्यु, दुई घाइते

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं २१ स्थित किसान फिड मिल प्रालिमा कम्प्रेसर मेसिन पट्किँदा एक जनाको ज्यान गएको छ भने २ जना भाइते भएका छन् ।

मिलमा कार्यरत बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १९ का साबीराज मियाको ज्यान गएको हो । मियाको कलर गर्ने क्रममा ज्यान गएको हो । घट्नामा इसराद्दिन मिया र नसरुद्दिन मिया घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतकको शरीर क्षतबिक्षत भएको छ । मृतकका परिवार बाराबाट हिडिसकेको छ । पोष्टमार्टमपछि शव परिवारलाई बुझाइने प्रहरीले जनाएको छ ।

घट्ना लगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एव प्रहरी उपरिक्षक ओम बहादुर राना र वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख डिल्ली बहादुर खड्का लगायतको टोलीले अनुगमन गरेको छ ।

Previous articleएमालेको भान्सा घर-पाँच हजार बढिले खाना खाए
Next articleकर्णाली सरकारमा सहभागी हुन कांग्रेसले तोक्यो दुई जनाको नाम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here