कर्णालीमा १३ सय २१ जना कोरोना जितेर घर फर्किए

सुर्खेत । कर्णालीमा पछिल्लो २४ घन्टामा थप ३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका अनुसार कर्णालीमा बिहीबार ३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

बिहीबार दैलेखको दुल्लु अस्पतालबाट १० जना, प्रदेश अस्पताल सुर्खेतबाट १३ जना र रुकुम पश्चिमको चौरजहारी अस्पतालबाट सात जना संक्रमणबाट मुक्त भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले बताउनुभयो ।

उहाँका अनुसार कर्णालीमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १३ सय २१ पुगेको छ भने दुई सय ३४ जना मात्र संक्रमित आइशोलेशमा रहेका छन् ।

त्यस्तै कर्णालीमा बिहीबार ११ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल पशुपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ६ जना र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा पाँच जना गरी ११ जना कोरोना संक्रमित फेला परेको महाशाखा प्रमुख डा.तिवारीले जानकारी दिनुभयो ।

Previous articleसुनको मूल्यमा उचाईको नयाँ रेकर्ड
Next articleसुदूरपश्चिम प्रदेशमा ११ जना प्रहरीमा कोरोना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here