स्वर्ण जंगले जन्म दिनमा गरे मानवीय कार्यमा सहयोग

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० निवासी स्वर्ण जंग शाहले जन्म दिनको अवसरमा मानविय तथा परोपकारी काम गर्ने संस्था तथा अभियानमा सहयोग गर्नुभएको छ ।

नेपालगन्ज स्थित एच सि आर सी हस्पिटलका प्रमुख बरिष्ठ प्रसुति रोग बिशेषज्ञ डा.कुमार शान शाहका सुपुत्र स्वर्ण जंगले जन्म दिनमा उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो ।

जन्म दिनको अवसरमा बासले सञ्चालन गरेको मास्क बैंकलाई शनिबार १० हजार १ सय १० रुपैया सहयोग हस्तान्तरण गर्नुभयो । नेपालगन्ज वडा नम्बर १० भृकुटीनगरस्थित मास्क बैंक मै पुगि डा.शाह र उहाँका सुपुत्र स्वर्णले बासका अध्यक्ष रमेश सिटौलालाई नगद सहयोग हस्तान्तरण गर्नुभएको छ ।

उक्त हस्तान्तरण कार्यक्रमका बासका कार्यकारी निर्देशक नमस्कार शाह, महासचिब शिव कुमार बर्मा, निर्देशक हेमराज भट्ट र कार्यक्रम अधिकृत शुद्ध प्रसाद चौधरीको उपस्थिती रहेको थियो ।

यस्तै शनिबार नै शाहले नेपाल पत्रकार महासँघ बाँके शाखाले खरिद गर्न लागेको एम्बुलेन्स, नेपालगन्जस्थित निलसागर सेवाश्रम र भेरी अस्पतालमा २० रुपैयाका खाना खुवाउँदै आएको श्री अन्जनी माता रसोईलाई १० हजार १ सय १० रुपैयाका दरले सहयोग हस्तान्तरण गर्नुभएको हो ।

छोराको जन्म दिनमा परोपकारी कार्यमा सहयोग गर्न पाएकोमा खुसी लागेको डा. कुमार शान शाहले बताउनुभयो ।

Previous articleपत्रकारहरुका लागि भर्चुअल मानवअधिकार तालिम
Next articleआइसोलेशन सेन्टरमा योगा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here