बजार अनुगमन : १७६ बोरा रासायनिक मल बिक्री वितरण रोक

नेपालगञ्ज । बजार अनुगमनलाई तिव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जले सोमबार कोहलपुर नगर क्षेत्रमा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा बिक्री अनुमति नलिइ बिक्रि गर्नका लागि राखिएको ठुलो परिणामको रासायनिक मल बिक्रीमा रोक लगाई सात दिन भित्र फिर्ता गरेको प्रमाण कार्यालयमा पेश गर्न निर्देशन दिइएको अनुगमनमा सहभागी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिनुभयो ।

कोहलपुरस्थित ओली एग्रोभेट सेन्टरको करिब २ लाख ९८ हजार ६ सय मुल्य बराबरको १ सय ७६ बोरा रासायनिक मल भेटिएको र त्यसलाई बिक्री वितरणमा रोक लगाइ फिर्ता गर्न लगाइएको चौलागाईले जानकारी बताउनुभयो ।

अनुगमनकै क्रममा किसानहरूले प्रयोग गर्न नमिल्ने तथा उपभोग्य म्याद समाप्त भएका करिब ६ हजार भन्दा बढी मुल्य बराबरको विभिन्न तरकारी लगायतको बिउबिजन समेत नष्ट गरिएको छ ।

अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण प्रसाद पौड्याल, कोहलपुर नगरपालिकाका वीर बहादुर बि.के. र तिलक प्रसाद आचार्य, कृषि ज्ञान केन्द्रका दिनेश प्रसाद भट्टराई लगायतको सहभागिता रहेकोे थियो ।

Previous articleभारतको उत्तर प्रदेशमा बुधवारदेखि कोरोना केन्द्रीत कर्फ्यु हटाइने
Next articleअग्रपंक्तिमा रहेकालाई स्वास्थ्य सुरक्षा सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here