भारतको उत्तर प्रदेशमा बुधवारदेखि कोरोना केन्द्रीत कर्फ्यु हटाइने

नेपालगञ्ज । नेपालसंग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा आगामी बुधवारदेखि कोरोना केन्द्रीत कर्फ्यु हटाइने भएको छ ।

उत्तर प्रदेशका ७२ जिल्लामा ७५ दिनपछि ७ सय ५० भन्दा कम नयाँ संक्रमित थपिएका छन् । झण्डै २ अर्ब भन्दा बढि जनसंख्या रहेको उत्तर प्रदेश भारतको सबैभन्दा ठूलो प्रदेश हो ।

कर्फ्यु हटाइए पनि नयाँ निर्देशन सहित खुला गरिन लागिएको त्यहाँबाट पत्रकार सन्तोष शुक्लले जानकारी दिनुभएको छ ।

यसैवीच सोमबार वेलुका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाका सम्बन्धिमा विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

Previous articleएम्बुलेन्स संचालनका लागि गैर सरकारी संस्था महासंघको २१ हजार
Next articleबजार अनुगमन : १७६ बोरा रासायनिक मल बिक्री वितरण रोक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here