नेपालगञ्जमा जेष्ठ २६ गते भेरोसेल खोप लगाइने

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिमा यहि जेष्ठ २६ गते ज्येष्ठ नागरिकका लागि कोभिड विरुद्धको भेरोसेल खोप लगाइने भएको छ ।

उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा विहान १० बजेदेखि ४ बजेसम्म ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउन लागिएको स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिनुभयो ।

यसअघि ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने भनिएकोमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाबाट उपलब्ध भ्याक्सिनबाट दोश्रो मात्राको सुनिश्चितता गरि खोप लगाउनुपर्ने भएकोले उमेर समूह ६२ देखि ६४ वर्ष कायम गरिएको हो ।

खोप लगाउन आउनेहरुले अनिवार्य परिचय खुल्ने कागजात ल्याउनुपर्ने उपमहानगरपालिकाले जनाएको छ ।

Previous articleअग्रपंक्तिमा रहेकालाई स्वास्थ्य सुरक्षा सामाग्री
Next articleखजुरा आइसोलेशनमा आशाद्धारा स्वास्थ्य सामाग्री प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here