खजुरा आइसोलेशनमा आशाद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपालगन्ज । कोरोना भाइरसका कारण विश्व नै अक्रान्त बनेको छ । कोभिड १९ का कारण बाँके जिल्लामा पनि असर पारेको छ ।

कोरोनाको हटस्पट मानेको बाँकेलाई न्युनिकरण गर्न आशा लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय खजुराले स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ ।

खजुरा गाउँपालिका वडा नंं. ३ मा रहेको आइसोलेसनलाई सोमवार स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको हो । आशा लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय खजुराले खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपति र डाक्टर सुदिप रिजाललाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गर्नुभएको हो ।

आशा लघुवित्त वित्तिय संस्था लिमिटेड शाखाले प्रदान गरेको स्वास्थ्य सामाग्रीमा पिपिई सेट, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको आशा लघुवित्त वित्तिय संस्था लिमिटेड खजुरा शाखाका प्रमुख उमाकान्त अवस्थीले जानकारी गराउनुभयो ।

आशा संस्था २०७४ जेठ २ गतेदेखी सञ्चालनमा रहेको छ । खजुरा शाखामा १ हजार ३ सय ६७ जना सदस्य रहेका छन् । जसमा संस्थाले १४ करोड लगानी गरेको छ भने ९ सय ११ जनाले यस संस्थाबाट कारोबार अर्थात ऋण प्रवाह गरि लाभ लिएका छन् ।

शाखामा ३ करोड ९५ लाख बचत रहेको यस संस्थाले कोरोना पोजेटिभ ६०० जना सदस्यलाई मास्क बितरण गर्ने शाखा प्रमुख अवस्थीले जानकारी गराउनुभयो ।

Previous articleनेपालगञ्जमा जेष्ठ २६ गते भेरोसेल खोप लगाइने
Next articleकशौधन बैश्य समाज युवा मंचद्धारा निलसागरलाई खाद्यान्न तथा शैक्षिक साामग्री हस्तान्तरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here