दक्षिण अफ्रिकाकी एक महिलाले जन्माइन् १० बच्चा

एजेन्सी । दक्षिण अफ्रिकाकी एक महिलाले एकै समयमा १० जना बच्चा जन्माएकी छन् । यो संसारकै नयाँ विश्व रेकर्ड हुन सक्ने बीबीसीले उल्लेख गरेको छ ।

३७ वर्षीया गोसियामे थमराले १० बच्चा जन्माएकी हुन् । त्यसमा सात बालक र तीन जना बालिका छन् । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।

यसअघि सन् २००९ मा अमेरिकी एक महिलाले एकैपटक ८ बच्चा जन्माएर विश्व रेकर्ड कायम गरेकी थिइन् ।

Previous articleशान्ति पुन : स्थापना गृहद्धारा बिषयगत समितिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
Next articleजमुनाहा नाकाबाट कोरोना बिरुद्धको सचेतना अभियान संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here