
नेपालगञ्ज । नेपालगञ्जमा कोरोना भाइरस बिरुद्धको सचेतना अभियान संचालन भएको छ । बिहीबार अभियानको शुरुवात बाँकेको जमुनाहा नाकाबाट गरिएको छ ।
जमुनाहा नाकाको प्रबेशद्धारमा कोरोना भाइरसबिरद्धका सूचना तथा जानकारी मूलक शन्देसहरुसहितको बोर्ड राखेर अभियानको शुरुवात गरिएको हो । बाँके प्रवेशद्धार जमुनाहा नाकामा ४ वडा कोरोना बिरद्धको सूचनासहितको बोर्ड राखिएको छ ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय तथा सहकार्यमा सेभ द चिल्डेनको आर्थिक सहयोगमा सामाजिक बिकास मंच बाँकेले सो अभियान शुरु गरेको हो ।
हामीले कोरोना भाइरस महामारीका समयमा नेपाल प्रवेश गर्ने व्यक्तिहरुलाई बच्नका लागि अपनाउनुपर्ने पर्ने सवाधानीका उपायहरुबारे जानकारी होस भनेर जमुनाहामा बोर्ड राखिएको छ, मंचका कार्यक्रम संयोजक राम संयोजक श्रेष्ठले भन्नुभयो, यसले नेपाल प्रवेश गर्ने व्यक्तिहरुलाई भाइरस बिरुद्ध लडन सहयोग पुग्ने आशा राखेका छौं ।
दैनिक रुपमा नाका भएर ओहोर दोहोर गर्नेहरुलाई सहजै सूचना प्राप्त हुने इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख बिष्णु गिरीले जानकारी दिनुभयो । चेक गर्ने समयमा उनीहरुलाई कोरोना बिरुद्धको सूचना सहजै जाने गरिएको बोर्ड राखिएको उहाँले बताउनुभयो ।
अभियानको शुभारम्भमा मंचका शिक्षा कार्यक्रम अधिकृत बृजेश ठाकुर र जीविकोपार्जन अधिकृत सहजराम यादवल, चौकीका अन्य प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।







