पत्रकारलाई धम्की दिने कार्यप्रति युनियनको गम्भीर ध्यानाकर्षण

नेपालगञ्ज । समाचार लेखेकै कारण जनप्रतिनिधिले पत्रकारलाई धम्की दिएको बिषयमा नेपाल प्रेस युनियन बाँकेले ध्यानाकर्षण भएको जनाएको छ ।

युनियन बाँकेका कार्यसमिति सदस्य एवम नील खबर अनलाईन मिडिया प्रालिमा कार्यरत पत्रकार संगीता पाठकले समाचार लेखेकै कारण नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडाअध्यक्ष दीपक बर्माले दिएको धम्कीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

नील खबर अनलाईनमा जेठ २८ गते शुक्रबार ‘नेपालगन्ज–१८ मा बाटोको बीचमा ढलः सडक दुर्घटना हुनसक्ने खतरा, सम्बन्धित निकायले चासो देखाएन’ शीर्षकमा प्रकाशित समाचारप्रति असन्तुष्टि प्रकट गर्दै वडाअध्यक्ष बर्माले पत्रकार पाठकलाई टेलिफोनमार्फत धम्कि दिएको पीडित पत्रकारले जानकारी दिनुभएको छ ।

उक्त घटनाले प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको र समाचार लेखेकै कारण वडाअध्यक्षले पत्रकारलाई धम्क्याउने कार्यको घोर भत्र्सना गर्दै समाचारप्रति असन्तुष्टि भए कानूनी बाटो अपनाउनुको साटो पत्रकारमाथि दवाव सिर्जना गरि धम्क्याउने कार्य निन्दनीय भएको युनियनले उल्लेख गरेको छ ।

आगामी दिनमा पत्रकारलाई भयरहित ढंगले समाचार संकलन र सम्प्रेषण गर्ने वातावरण तयार गर्न सम्बन्धित पक्षलाई ध्यानाकर्षण गर्न अनुरोध गरेको छ ।

Previous articleएमाले एकताको लागी युवा संघ प्रदेश अध्यक्ष किशोर थापाको अपिल
Next articleसाहू समाज बाँकेद्धारा रक्तदान, १०७ जना सहभागि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here