
नेपालगन्ज । बाँकेको साहू समाज समिति जिल्ला कार्य समिति र साहू समाज युवा जिल्ला समितिको संयुक्त आयोजनामा जेष्ठ २९ गते शनिवार बृहत रक्तदान कार्यक्रममा महिला पुरुष गरी १ सय ७ जनाले रक्तदान गरेका छन् । साहू समाज समिति जिल्ला कार्य समिति बाँकेका अध्यक्ष हंशराम साहूको अध्यक्ष्तामा सम्पन्न रक्तदान कार्यक्रम सामजिक दूरी कायम गरी, मास्क र सेनीटाइजरको प्रयोग गरी कोभिड–१९ कोरोना महामारीको बिषम परिस्थितमा रगतको अभाव नहोस् र रक्तदान जीवनदान मुख्य उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको समाजका सह सचिव तथा रक्तदान कार्यक्रमका संयोजक प्रदीप शाहले बताउनुभयो ।
नेपाल अधिराज्यमा दोस्रो रक्तदाताको रुपमा हुनुहुन्छ । बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ रामनगरका निवासी पुरुष उत्कृष्ट रक्तदाता उहाँ १ सय ५६ पटक रक्तदान गरी सक्नु भएको छ । उहाँको प्रमुख आतिथ्यमा सम्पन्न भएको रक्तदान कार्यक्रममा उत्साहजनक रुपमा रगत संकलन भएको कार्यक्रम संयोजक प्रदीप शाहले बताउनुभयो । सो रक्तदान कार्यक्रममा प्रमुख अतिथि गोपीनाथ बैश्य, विशिष्ट अतिथि वडा नं.५ का वडाध्यक्ष कैफुलवरा जोलाह, ५ नं.का वडाध्यक्ष समीर प्रताप सिंह, समाजसेवी माधवराम वर्मा, समाजका अध्यक्ष हंसराम साहू, कार्यक्रम संयोजक प्रदीप शाहले रगत संकलन गर्ने पाकेट प्राविधिकलाई हस्तान्तरण गरी कार्यक्रमको विधिवत रुपमा उद्घाटन गर्नुभएको थियो ।
नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाका पूर्व अध्यक्ष रण प्रसाद रानाले ६२ वर्षको उमेरमा पनि रक्तदान गर्नु भएको छ । यसरी रक्तदान गर्नेहरुमा अवधी पत्रकार संघका केन्द्रिय अध्यक्ष राकेश कुमार मिश्र, राजिव बहादुर अधिकारी, ओम भारती, बिनोद प्रजापति, निलम शर्मा, रामदीन साहू, शक्ति साहू, सन्तोष साहू, कैलाश साहू, दिपक साहू, राजन कुँवर, आकाश साहू, विशाल गुप्ता, राम आशिष साहू, अजय कुमार गुप्ता, रोहित बनिया, आलोक मिश्र, सलमान बागवान, जानू सल्मानी, तौफिक खान, अजय चौहान, कपिल घिमिरे, विशाल मानन्धर, रितेष बुढामगर, संजय साहू, अमितराज रेग्मी, शिरिष नाग, शरद कुमार राना, सुरज साहू, दिल बहादुर केसी, बिपिन कस्यप, सुर्य प्रकाश साहू, सुशील कुमार गुप्ता, जितेन्द्र साहू, शिवम् बर्नवाल, अनिल सोनार, विकास पटेल, हिरालाल थारु, बिक्की कनौजिया, संजय साहू, फुलवारी प्रसाद तिवारी, श्याम कुमार गप्ता, कुँवारे राँढ, तुसर तिवारी, गंगा सागर साहू, विशाल गुप्ता, रिचा गोयल, सन्मुखिया देवी शाह, हर्षित गुप्ता, कन्धई लाल साहू, राजु यादव, निकित खडका, सुदीप सिंह चौधरी, राम किसुन साहू, श्याम कुमार साहू, रवि रञ्जन वर्मा, दिनेश कुमार साहू, नसीर अली शेष, रोशन चौधरी, डा. शिव शंकर शाह, हेमन्त कुमार वर्मा, गोलू सोनार, जालिम शेष, इमरान सिद्दीकी, मोहन प्रसाद मुराऊ, राम किशोर बैश्य, अंकित त्रिपाठी, जीवन मौर्य, बृजेश कुमार शर्मा, बल बिन्दर सिंह सरदार, रबि बहादुर थापा, अजय साहू, किसन साहू, अमित कौशल, प्रदीप तिवारी, बिकास साहू, राधेश्याम धोबी, राम कुमार नाउँ, मोहम्मद गुलाब कुरैशी, साहिद शेष, आर्यन यादव, अर्जुन केसी, रबिन आचार्य, सुदिकतम मगर, अजय साहू, रयिाज अन्सारी, जितेन्द्र साहू, काजु घर्तीमगर, सीता बुढाथोकी, राजु चौहान, बिसन साहू, अनमोल थापा, अजय कोरी, आकाश सोनी, सुमित शाह, बिजय कोरी, शिवम् शाह, बिष्णु कोरी, बिमल कुमार साहू, अस्तिको नाग, शुभम् शाह र आयुश दियालीले रक्तदान गर्नु भएको छ ।
यसरी सो कार्यक्रममा अधिकत्म रक्तदाता खोजेर सहयोग गर्नु भएका शिवम् शाहलाई समाजसेवी माधवराम वर्माले सम्मान पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा विभिन्न किसिमका सहयोग गर्नु भएका र रक्तदाताहरुलाई टिशर्ट, गम्छा र सम्मान पत्र प्रमुख अतिथि, विशिष्ट अतिथि, समाजका अध्यक्ष लगायतले वितरण गर्नु भएको थियो ।
कार्यक्रममा समाजका सचिव बाबुराम साहूले स्वागत मन्तव्य, औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशका वरिष्ट उपाध्यक्ष अभय कुमार बस्नेत, औषधी व्यवसायी संघका अध्यक्ष बसन्त शर्मा, १३ नं. का वडाध्यक्ष बीरेन्द्र शाह लगायतले आ–आफना बिचार राख्नु भएको थियो ।
संयोजक शाहका नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.– ५ फुल्टेक्रा स्थित रहेको साहू समाज समितिद्वारा निर्मित श्री राधा कृष्ण मन्दिरको प्रागङ्गणमा रक्तदान कार्यक्रम गरिएको थियो । क्षेत्रीय संचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, सुनिल थापामगर, गुन्जा कनौजिया, हिमाँशु मौर्या, बैकुण्ठ रेग्मीले प्राविधिकमा र समाजका जिल्ला कार्य समितिका, युवा समितिका पदाधिकारीहरुकोले कार्यक्रममा सहयोग गर्नु भएको थियो ।





