अतिविपन्न परिवारलाई खाद्यन्न सहयोग

नेपालगञ्ज । भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) ले केयर नेपालको सहयोगमा नेपालगन्ज उपमहानगर क्षेत्रभित्रका कोभिड–१९ बाट प्रभावित भएका अतिविपन्न, दलित र शारिरिक अशक्त भएका परिवारहरुलाई खाद्य सामाग्री वितरण गरेको छ ।

नेपालगञ्ज उप महानगरपालिकाकाे संरक्षण बिषयगत समन्वय समितिको सहकार्य र समन्वयमा पहिलो चरणमा २५ परिवारलाई बितरण गरिएको छ । बाँकी दोश्रो चरणमा ७५ परिवारलाई पनि बितरण गरिने कार्यक्रम रहेको संस्थाका निर्देशक डम्मर सुनारले बताउनुभयो ।

बितरण गरिएको सामाग्रीहरुमा चामल ५० किलो, रहर दाल ३ किलो, चना डेढ किलोे, पिठो ५ किलोको प्याकेट, तोरीको तेल साढे २ लिटर, २ किलो आयोनून, २ किलो चिनी र नुहाउने लाईफ व्वाय साबुन ४ थान गरी प्रति परिवारलाई ५ हजार २ सय रुपैया पचास पैसा बराबरको खाद्य भौचर मार्फत उपलब्ध गराईएको बी–ग्रुपका लेखा अधिकृत बेदप्रकाश दिक्षितले जानकारी दिए ।

बाँकेमा कोरोना संक्रमणको त्रासबाट जोगिन आव्हान गरिएको निषेधाज्ञाका कारण जन जिविका चलाउन समस्यामा परेका नेपालगन्ज उपमहानगर भित्रका विपन्न, दलित तथा शारिरिक अशक्त लाभग्राहीहरुले बी–ग्रुपले उपलब्ध गराएको खाद्यान्न सहयोगले ठूलो सहयोग पुगेको बताएका छन् ।

कोरोना कहरका कारण बाँकेको नेपालगन्जमा बैशाखको पहिलो सातादेखि निषेधाज्ञा लगाईएको छ । निषेधाज्ञाको कारण विपन्न, दलित र शारिरिक अशक्तको जनजीवन प्रभावित भएको अवस्थामा नेपालगन्ज उपहानगरपालिकाको अनुरोधमा खाद्यान्न सहयोग गरिएको हो ।

Previous articleसाहू समाज बाँकेद्धारा रक्तदान, १०७ जना सहभागि
Next articleइजरायलमा नेतन्याहूको १२ वर्षे शासन अन्त्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here